साना किसान विकास लघुवित्तको नाफा सामान्य बढ्यो
Last updated at 12:48 pm
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफा सामान्य बढेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ०१ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफा बढ्नमा टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ दशमलव २३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४० दशमलव ८३ प्रतिशतले घटेको देखिन्छ। यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी १दशमलव ९६ प्रतिशत घटेको छ।
त्यस्तै कम्पनीको इम्पेरमेन्ट चार्ज १० करोड ३ लाख रुपैयाँबाट घटेर ३ करोड ५ लाख रुपैयाँमा झरेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा बढ्न टेवा पुगेको हो। कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ रहेको देखिन्छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि भने बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २४ दशमलव १ रुपैयाँ पुगेको छ।हाल कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी ७१ दशमलव ४९ रुपैयाँ छ ।
कम्पनीको रिजर्भ कोषमा ५ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा कम्पनीले२२ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेर र सापटी लिएर ३३ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ दशमलव १८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३ दशमलव ७८ गुणा छ।कम्पनीको चुक्तापूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ छ।