एनएफपीजेका सदस्यलाई ग्लोबल आइएमई बैंकको विना धितो कर्जा सुविधा
Last updated at 07:23 am
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।
सम्झौता पत्रमा कम्पनीका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले हस्ताक्षर गरेका छन् ।
कम्पनीले क्यामेरा खरिदका लागि २ लाखदेखि ५ लाख रुपैयाँसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको छ ।जसअनुसार कम्पनीले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।
कर्जाका लागि फोटो पत्रकारहरूले आवश्यक कागजात र आवेदन फारमसहित एनएफपीजेको सिफारिसमा कर्जाका लागि बैंकमा सम्पर्क गर्नुपर्ने छ ।
Visited 1 times, 1 visit(s) today