समता फाउन्डेसनलाई सन नेपाल लाइफको सहयोग
Last updated at 01:55 pm
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउन्डेसन लाई रु पाँच लाख मात्र आर्थिक सहायता प्रदान गरेको छ।
उक्त सहयोग फाउण्डेसनमा अध्ययनरत बिद्यार्थीहरुको शिक्षातर्फ खर्च हुने जनाइएको छ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउन्डेसनका प्रतिनिधि दीपक बस्नेतलाई हस्तान्तरण गरेका हुन्।
सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउन्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आइरहेको छ ।
Visited 1 times, 1 visit(s) today