आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
Last updated at 11:51 am
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यो वर्षका लागि शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ९ दशमलव ७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित ) दिने निर्णय गरेको हो ।
जसअनुसार कम्पनीले२९ करोठ ४९ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रदान गरिने जनाएको छ ।प्रस्तावित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ।अघिल्लो कारोबार दिन बुधबार बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६०४ रुपैयाँ छ ।
Visited 1 times, 1 visit(s) today