हिमालयन लाइफको नाफा ३७ करोड ६२ लाख, व्यापार पनि ८ अर्ब माथि
Last updated at 11:51 am
हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरण अनसार सो अवधिसम्ममा कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस्तो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ करोड ६० लाख रुपैयाँ थियो। यस्तो नाफा अघिल्लो आवको तुलनामा ८ दशमलव ७३ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीले ८ अर्ब २६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ८ अर्ब ९ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यो अघिल्लो आवको तुलनामा २.१४ प्रतिशतले बढी हो।
यसैगरी, कम्पनीले ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा २० दशमलव ७७ प्रतिशतले बढेको यस्तो कोष अघिल्लो आवमा भने ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्ममा कम्पनीले महाविपत्ति कोषमा ४६ करोड ९ लाख रुपैयाँ सञ्चित गरेको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा महाविपत्ति कोषमा ४३ करोड ४८ लाख रुपैयाँ थियो । त्यस्तै रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटी १७ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९ दशमलव ३८ रुपैयाँ (वार्षिक) छ। अघिल्लो वर्ष यस्तो ईपीएस ८ दशमलव ६३ रुपैयाँ थियो। कम्पनीको मूल्य आम्दानी अनुपात ४८दशमलव १७ गुणा छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३० दशमलव २१ रुपैयाँ छ।
कम्पनीको चुक्तापूँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ छ ।