सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बोलायो साधारण सभा, ३०% लाभांश पारित हुँदै
Last updated at 09:54 am
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आगामी फागुन १५ गते साधारण सभा बोलाएको छ।
कम्पनीले लिसारा रिसेप्सन, भगवती बहाल नक्सालमा ३१ औं वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान साढे १० बजेदेखि शुरु हुनेछ।
सभाले ३० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले स्वतन्त्र सञ्चालक नियुक्ति, लेखापरीक्षक नियुक्ति, नियमावली संशोधन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिन बकुक्लोज गर्ने भएको छ।
Visited 1 times, 1 visit(s) today