विजय लघुवित्तको नाफा ६१.९८% ले वृद्धि,यस्तो छ अन्य सूचक
Last updated at 01:41 pm
विजय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस्तो नाफा गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ६१ दशमलव ९८ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिसम्ममा ४ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा टेवा पुगेको देखिन्छ।
यसैगरी, कम्पनीले हालसम्ममा २७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ४४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । त्यस्तै कम्पनीको सञ्चालन नाफा पनि ६२ दशमलव ५२ प्रतिशतले बढेर १० करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको खराबकर्जा ७ दशमलव ९० प्रतिशतबाट बढेर ८ दशमलव ३५ प्रतिशत पुगेको छ । यसैगरी, कम्पनीको रिजर्भ कोषमा ४६ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ९१ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५८ दशमलव ६४ रुपैयाँ छ। कम्पनीको चुक्तापूँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ छ ।