लक्ष्मी लघुवित्तको १८ % ले घट्यो नाफा
Last updated at 05:27 pm
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नाफा १८ प्रतिशतले घटेको छ ।
कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीको खुद नाफा १ करोड ७५ लाख ९१ हजार रुपैयाँ छ ।कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २ करोड १५ लाख २२ हजार खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढ्दा पनि नाफा घटेको छ । गत आवको सोही अवधिसम्ममा खुद ब्याज अम्दानी १७ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्ममा १९ करोड ७२ लाख रुपैयाँ छ ।
कम्पनीले निष्क्रिय कर्जामा भने सुधार गरेको देखिन्छ । गत वर्षको पुस मसान्तसम्म निष्क्रिय कर्जा ९दशमलव ६३ प्रतिशत रहेकोमा सोही अवधिससम्म ८ दशमलव ४७ प्रतिशत छ ।कम्पनीको रिजर्भ कोषमा २५ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९७ पैसा छ ।प्रतिशेयर नेटवर्थ १६० दशमलव ९४ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ छ ।कम्पनीको शेयरमूल्य हाल प्रतिकित्ता १ हजार १७५ रुपैयाँ छ ।