सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० % लाभांश घोषणा
Last updated at 06:51 pm
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीका लागि लाभांश घोषणा गरेको हो । गत माघ २१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ सहित) दिने निर्णय गरेको हो ।कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाले पािरत गरेपछि शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ ।हाल कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८४८ रुपैयाँ छ ।
Visited 1 times, 1 visit(s) today