गरिमा र महालक्ष्मी विकास बैंक एनसीएचएलमा आबद्ध
Last updated at 07:54 am
गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कमर्स कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेसमा आबद्ध भई थ्रीडी सेक्युर एसीएस सेवा शुरु गरेका छन् ।
उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका कार्ड होल्डरहरूले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।
उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्ड होल्डरहरूले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सुचारु गर्नुपर्ने हुन्छ ।ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेसन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्युर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिन्छ ।
बैंक र एनसीएचएलको यस पहलले बढ्दो ई-कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकलाई अनलाइन कारोबार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।एनसीएचएलले उक्त प्रणालीमा नेपाल पे कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परीक्षण गरिररहेको छ ।
हाल एनसीएचएलले ईएफटी सेवा अन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक,लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक,प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ ।