नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना आयोजना गर्ने तयारी
Last updated at 08:20 pm
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई हालै स्वागत तथा सम्मान गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरेका थिए । कार्यक्रममा उक्त अटो शोको सम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा छलफल गरिएको थियो ।
उक्त छलफलमा आगामी चैत १३ गतेदेखि १७ गतेसम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिपोर्टका आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय भएको छ । अटो शोमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ । सो अवसरमा नाडाका अध्यक्षकरण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना सोभेनियर समेत प्रदान गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने धन्यवाद ज्ञापन नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गरेका थिए । नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक वर्ष राजधानीमा आयोजना गर्दे आएको सन्दर्भमा १६ औं संस्करणको नाडा अटो शो २०२४ समेत गत भदौमा भृकुटी मण्डपमा सम्पन्न गरेको थियो । यसै क्रममा नाडाले अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्ने बताएको छ।
कार्यक्रममा नाडाका तर्फबाट निबर्तमान अध्यक्ष डा ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ,सचिव विक्रम सिंहानिया, सह–कोषाध्यक्ष पंकज अग्रवाल,केन्द्रीय कार्यसमिति सदस्यद्धय कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योती, आमन्त्रित सदस्यद्वय अनुप कुमार बराल,नविन कुमार पारख नारायणप्रसाद पौडेल,प्रकाश सिग्देल रप्रगुन राजभण्डारी समेतको उपस्थिति थियो ।
त्यसैगरी, कार्यक्रममा वाडाका तर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन केसी महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्य समिति सदस्यद्धय शिवओम बराल,प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेल समेतको उपस्थिति थियो ।