चिलिमे हाइड्रोपावरको विद्युत् बिक्री आम्दानी बढ्यो
Last updated at 07:24 pm
चिलिमे हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य बढेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरेर ६४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४दशमलव ७२ प्रतिशत बढी हो। गत आवको सोही अवधिमा कम्पनी ६१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानीबढेकाले कम्पनीको खुद नाफा पनि बढेको छ। कम्पनीको रिटेन्ड अर्निङ्गमा २ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ रहेको छ।समीक्षा अवधिमा कम्पनीको नाफा बढेर ३८ करोड २८ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै,कम्पनीको कुल नाफा ५ दशमलव ५८ प्रतिशत बढ्नुका साथै सञ्चालन मुनाफा पनि ६ दशमलव ९७ प्रतिशत बढेको देखिएको छ ।
तर कम्पनीको प्रतिशेयर आम्दानी भने घटेर ८ दशमलव ७२ रुपैयाँमा झरेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ दशमलव २१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५७ दशमलव ५ गुणा छ।कम्पनीको चुक्तापूँजी ८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ छ ।
कम्पनीको दोस्रो बजारमा शेयरमूल्य प्रतिकित्ता ५३४ रुपैयाँ छ ।