समाज लघुवित्त दोस्रो त्रैमाससम्ममा सामान्य नाफामा, यस्तो छ वित्तीय सूचक
Last updated at 11:50 am
समाज लघुवित वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले खुद नाफा गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा ४२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा भने १२ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ५१ लाख ३० हजार रुपैयाँ थियो ।
कम्पनीले यो वर्ष सम्भावित जोखिम शीर्षकमा १ करोड ३७ लाख रुपैयाँभन्दा बढी छुट्याएको छ । यस्तो रकम गत वर्ष सोहीअवधिसम्ममा ३ करोड ३१ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्ष दोस्रो त्रैमाससम्म २ करोड ३० लाख रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको कम्पनीको यो घाटा ९५ लाख ३१ हजार रुपैयाँमा खुम्चिएको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको रिजर्भ कोषमा २ करोड ७८ लाख रुपैयाँभन्दा बढी सञ्चित छ । यसैगरी, कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २७ करोड १८ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएर ४४ करोड ३७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । त्यस्तै कम्पनीले दोस्रो त्रैमाससम्ममा १३ करोड ३७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ४८ प्रतिशत रहेकोमा समीक्षा अवधिमा ४ दशमलव ९० प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२२ दशमलव २२ रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ ।