लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट
Last updated at 07:28 pm
लुम्बिनी सेरामिक्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले उक्त कार्यका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । सम्झौतामा लुम्बिनी सेरामिक्सका सञ्चालक श्याम सुन्दर खेतान र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । लामिनार टाईल्स शतप्रतिशत भिट्रीफाईड टाईल्स भएको कम्पनीको दाबी छ । यसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।
कम्पनीले लामिनार टाईल्स् नेपाली उपभोक्ताहरुका लागि अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड पुरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टाईल्सहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन शुरु गरिएको जनाएको छ ।
यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ ।