महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी बीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
Last updated at 06:42 pm
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी बीच सम्झौता भएको छ ।
कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरि कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको हो ।
सम्झौता पश्चात कम्पनीले ऋण असुली सम्बन्धी कानूनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तरराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ । डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैंकहरुसँग बैङ्गिग सवलीकरण लागी सहकार्य गर्दै आएको छ ।
अनुभवी स्वदेशी तथा विदेशी विज्ञद्वारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा व्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास छ ।
कम्पनीले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।