एनआईसी एशिया लघुवित्तको नाफा २८१% ले वृद्धि, वितरणयोग्य मुनाफामा गिरावट
Last updated at 05:47 pm
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८१ दशमलव ०१ प्रतिशतले बढी हो । गतआवको सोही अवधिसम्ममा कम्पनीले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घटेर ३३ करोड ४७ लाख रुपैयाँमा झरेको छ । गत आवमा कम्पनीले सोही अवधिसम्ममा भने ३९ करोड ९३ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खराब कर्जा १३ दशमलव ३७ प्रतिशत छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ५७ लाख रुपैयाँ ऋणात्मक छ ।
यसैगरी, कम्पनीको खुद सञ्चालन आम्दानी ४३ करोड ६३ लाख र सञ्चालन मुनाफा ५९ लाख १८ हजार रुपैयाँ छ ।त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ६९ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ७६ करोड १८ लाख रुपैयाँबाट बढेर ८० करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ८० करोड रुपैयाँबराबरको निक्षेप संलकन गरेर १६ अर्ब ३ करोड रुपैयाँबराबरको कर्जा परिचालन गरेको छ । वितरणयोग्य मुनाफा १ करोड ६९ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव ४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४७ दशमलव ४५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १ हजार ३७३ दशमलव ३० गुणा र तरलता अनुपात २९ दशमलव १६ प्रतिशत छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।