लगातार आठौं बजेट प्रस्तुत गर्दै वित्तमन्त्री सीतारमण(तस्वीर)
Last updated at 05:49 pm
भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा लगातार आठौं बजेट प्रस्तुत गरेकी छन्।
सबैभन्दा बढी बजेट प्रस्तुत गर्ने कीर्तिमान पूर्व प्रधानमन्त्री मोरारजी देसाईको नाममा छ । उनले १० वटा बजेट प्रस्तुत गरेपनि फरक- फरक कार्यकालमा प्रस्तुत गरेका छन् ।पूर्व वित्तमन्त्री पी चिदम्बरमले नौ र प्रणव मुखर्जीले आठ बजेट प्रस्तुत गरेका थिए।
उनी बिहानै निवासबाट अर्थ मन्त्रालय पुगेकी थिइन् । आधा घण्टा मन्त्रालयमा बसेपछि राष्ट्रपति भवन पुगेर उनले बजेटको प्रति राष्ट्रपति द्रौपदी मुर्मुलाई हस्तान्तरण गरेकी थिइन् ।यो बजेट पनि पछिल्ला बजेटजस्तै पेपर लेस रहेको छ। तस्वीर : सौजन्य बीबीसी हिन्दी
Visited 1 times, 1 visit(s) today