‘आइएमई गरौं, उद्यमी बनौं’ योजनाका विजेता घोषणा, तीन जनाले पाए आइफोन
Last updated at 11:49 am
विदेशबाट नेपालमा रहेका आफन्तलाई आइएमईमार्फत रकम पठाउने तीन जना भाग्यशाली विजेताले आइफोन सिक्सटिन प्राप्त गरेका छन् ।
आइफोन सिक्सटिन प्राप्त गर्नेमा रुमानियाबाट ज्ञानेन्द्रप्रसाद गजुरेल, कुवेतबाट राजु लउपा मगर र मलेशियाबाट थानेश्वर थापा मगर रहेका छन् ।काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच आइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र मार्फत् विजेता घोषणा गरेकी हुन् ।
‘आइएमई गरौं, उद्यमी बनौं’ योजनाको पहिलो चरणको मासिक उपहार अन्तर्गत असोज, कात्तिक र मंसिर महिनाको विजेता छनोट गरिएको हो ।यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये थप तीन जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।
दोस्रो चरणको योजना अन्तर्गत २०८१ पुसदेखि २०८२ साउनसम्म जारी रहने र यस योजनामा पनि तीन जना भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक जित्न सक्नेछन् ।
आइएमई गरी आइएमई पे वालेट,बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन सक्नेछन् ।
आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।