गणपति लघुवित्तले बढायो नाफा, यस्ता छन् वित्तीय सूचक
Last updated at 04:17 pm
गणपति लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी बढेको देखिन्छ ।
उक्त अवधिसम्ममा कम्पनीले १ करोड २३ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा भने कम्पनीले १ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा १४.९७ प्रतिशतले बढी हो ।समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले कम्पनीको खुद नाफामा टेवा पुगेको हो ।
यसैगरी,कम्पनीको खुद ब्याज आम्दानी बढेर ७ करोड ५० लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने कम्पनीको खुद ब्याज आम्दानी ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो ।
कम्पनीको खुद सञ्चालन आम्दानी पनि ८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आवमा भने कम्पनीको यस्तो आम्दानी ७ करोड ४२ लाख रुपैयाँ थियो ।
यता, सञ्चालन नाफा १४.९७ प्रतिशतले बढेर १ करोड ७६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।कम्पनीको रिजर्भ कोषमा ४ करोड २ लाख ८२ हजार रुपैयाँ सञ्चित छ ।
कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङमा ८३ लाख ३० हजार रुपैयाँ छ । कम्पनीको वितरणयोग्य मुनाफा भने ८३ लाख ३० हजार रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३० पैसा छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा छ ।कम्पनीको चुक्तापूँजी १५ करोड १५ लाख रुपैयाँ छ ।