स्वावलम्बन लघुवित्तको नाफा ९४.२१ % ले बढ्यो,यस्ता छन् अन्य सूचक
Last updated at 02:58 pm
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नाफा ९४दशमलव २१ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा ९४ दशमलव २१ प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनीले ८ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जबकि गत आवको सोही अवधिमा कम्पनीले ४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको अपरिष्कृत वित्तीय विवरणमा पुस मसान्तसम्म सञ्चालन आम्दानीसहित ब्याज आम्दानी पनि बढेको उल्लेख छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८५ करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा यस अवधिमा ९४ करोड ३७ लाख ५० हजार रुपैयाँ कमाएको वित्तीय विवरणमा उल्लेख छ ।
त्यसैगरी, कम्पनीले खुद ब्याजबापत ८० करोड रुपैयाँ कमाएको छ । यो गत आवको तुलनामा २०दशमलव ०२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६६ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । त्यस्तै,समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि बढेको छ ।
गत आवमा ५ करोड ९३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले चालू आवको पुस मसान्तसम्म भने ११ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९४.०७ प्रतिशतले बढी हो । त्यसैगरी, वितरणयोग्य मुनाफा भने १० करोड १७ लाख रुपैयाँ छ ।
कम्पनीको रिजर्भ कोषमा १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, हालसम्ममा १४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १९ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशयर आम्दानी ९७७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २१०दशमलव ४३ रुपैयाँ र खराब कर्जा अनुपात ८ दशमलव २८ प्रतिशत छ ।कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।