ग्लोबल आइएमई लघुवित्तको नाफा ११.८३ करोड बढी
Last updated at 06:17 pm
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा नाफामा उल्लेख्य वृद्धि गरेको देखिएको छ ।
कम्पनीले सो अवधिमा ११ करोड ८३ लाख ४० हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १४७.५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीले ४ करोड ७८ लाख १ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
त्यसैगरी, कम्पनीले रिजर्भ कोषमा ६२ करोड १३ लाख रुपैयाँ सञ्चित गरेको छ ।त्यस्तै वितरणयोग्य नाफा ८ करोड ७५ लाख छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी ३८दशमलव २४ रुपैयाँ पुगेको छ । निष्कृय कर्जा अनुपात ४.२१ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेर अन्य संस्थासँग ऋण लिएर ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ ।त्यसैगरी, कम्पनीले रिजर्भ कोषमा ६२ करोड १३ लाख रुपैयाँ सञ्चित गरेको छ ।त्यस्तै वितरणयोग्य नाफा ८ करोड ७५ लाख छ ।निष्कृय कर्जा अनुपात ४.२१ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ छ । यो गत आवको सोही अवधिको तुलनामा ६ करोड ४३ लाख रुपैयाँले बढी हो । यसैगरी,कम्पनीले सो अवधिसम्ममाा १६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी ३८दशमलव २४ रुपैयाँ पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३०.७३ गुणा छ भने प्रतिशेयर नेटवर्थ २००दशमलव ३८ रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रुपैयाँ छ ।