उन्नति सहकार्य लघुवित्तको नाफामा सुधार,यस्तो छ वित्तीय अवस्था
Last updated at 06:53 pm
उन्नति सहकार्य लघुवित्त लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ ।प्रकाशित विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खूद नाफा बढेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीलेले ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८ लाख ८९ हजार रुपैयाँले बढी हो । गत आवको सोहीअवधिमा भने कम्पनीले २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको ब्याज आम्दानीसँगै इम्पेरिमेन्ट चार्ज घटेकाले नाफा बढ्न टेवा पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४५दशमलव ३७ प्रतिशतले बढेर ११ करोड ७२ रुपैयाँ पुगेको छ । त्यसैगरी, सञ्चालन नाफा पनि १५५.९७ प्रतिशतले बढेर ९१ लाख १८ रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव १७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३३ दशमलव ३७ रुपैयाँ छ । यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात २९०दशमलव ०६ गुणा छ ।