इन्फिनिटी लघुवित्त ९.४६ करोड नोक्सानीमा
Last updated at 11:05 am
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको देखिन्छ ।
समीक्षा अवधिसम्ममा कम्पनी ९ करोड ४६ लाख रुपैयाँले नोक्सानीमा छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।कम्पनीको ब्याज आम्दानी बढेको छ तर सञ्चालन आम्दानी नकारात्मक भएकोले इम्पेरिमेन्ट चार्ज पनि वृद्धि भएकाले नोक्सानीमा गएको देखिन्छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको ब्याज आम्दानी १२ करोड ९० लाख रुपैयाँ छ । यो गत आवको सोही अवधिसम्ममा १० करोड ८९ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको सञ्चालन मुनाफा ९ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको इम्पेरिमेन्ट चार्ज ७१ लाख ५७ हजार रुपैयाँले बढेर १२ करोड १ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्तरण योग्य मुनाफा समेत ऋणात्मक छ ।
समीक्षा अवधिमा कम्पनीको रिजर्भ कोषमा १९ करोड ५८ रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा कम्पनीले १ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेर अन्य संस्थाबाट ऋण लिएर ५ अर्ब ५२ करोड २२ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । तर सो अवधिमा कम्पनीको खराब कर्जा अनुपात ९.८५ प्रतिशत छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३८दशमलव ५० रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११८दशमलव ६१रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख रुपैयाँ छ ।