आइएमई लाइफ इन्स्योरेन्सले कमायो २६.७८ करोड नाफा
Last updated at 01:13 pm
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा बढेको छ ।
कम्पनीले उक्त अवधिमा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तो नाफा १४दशमलव १२ प्रतिशतले बढी हो ।
खुद प्रिमियम आम्दानी भने बढेको देखिन्छ । पहिले यस्तो आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३३ करोड छ । खुद प्रिमियम आम्दानीसँगै लगानीवापतको आम्दानी पनि बढेको छ । जसले गर्दा नाफामा टेवा पुगेको देखिन्छ ।समीक्षा अवधिसम्ममा कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब २५ करोड ३ लाख रुपैयाँ छ। गत आवको सोही अवधिसम्ममा भने कम्पनीले १ अर्ब ८७ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीले विपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ ।कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ छ। समीक्षा अवधिसमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ छ। अघिल्लो वर्ष सोही अवधिसम्ममा जीवन बीमा कोषमा ७ अर्ब ५४ करोड ६० लाख रुपैयाँ थियो।
कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ दशमलव २३ रुपैयाँ छ । यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ४३.५५ गुणा छ भने प्रतिशेयर आम्दानी १० दशमलव ७१ रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी ५ अर्ब छ ।