दोस्रो त्रैमासमा धौलागिरी लघुवित्तले बढायो नाफा, यस्ता छन् अन्य सूचक
Last updated at 01:13 pm
धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार उक्त कम्पनीले सो अवधिमा २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त कम्पनी अघिल्लो वर्षको सोही अवधिमा भने ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो ।यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । कम्पनीको खुद ब्याज आम्दानी २०६ दशमलव ८१ प्रतिशतले बढेर ६ करोड ४१ लख ३२ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा २० लाख ८१ हजार रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ४ करोड १४ लाख ८३ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो ।कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ दशमलव ५६ रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ दशमलव १७ रुपैयाँ ऋणात्मक थियो ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ९ करोड ४३ लाख ७६ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ८९दशमलव २२ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ छ ।