वात्सल्य नेचुरल आईभीएफमा गरिमा विकास बैंकका ग्राहकलाई छूट सुविधा
Last updated at 06:38 pm
गरिमा विकास बैंक र वात्सल्य नेचुरल आईभीएफ बीच सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका ग्राहकलाई नि : सन्तान उपचारको लागि विशेष छूट प्रदान गरिने छ। यस सम्झौताले कम्पनीका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफको विभिन्न उपचार सेवामा आकर्षक छूट सुविधा प्राप्त हुनेछ।
सम्झौतामा कम्पीका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभीएफका डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले हस्ताक्षर गरेका छन् ।
हालको जीवनशैलीमा परिवर्तन, तनाव, खानपिनका समस्याहरू र बढ्दो उमेरको कारण निसन्तान समस्यामा वृद्धि भइरहेकोले यस सम्झौताले विशेष महत्त्व राख्छ। सम्झौता अनुसार वात्सल्य नेचुरल आईभीएफले कम्पनीका सम्पूर्ण ग्राहकलाई निसन्तान उपचारको प्याकेजमा एकमुष्ठ १० हजार रुपैयाँसम्म छूट, प्याथोलोजी परीक्षणमा १० प्रतिशत छूट र औषधीमा ५ प्रतिशत छूट प्रदान गर्ने छ।
यस सुविधाको लाभ उठाउनको लागि कम्पनीले खातावाल ग्राहक, डेविट तथा क्रेडिट कार्ड होल्डरहरुले वात्सल्य नेचुरल आईभीएफका सम्पूर्ण आउटलेटहरुमा पुगेर यो छूट प्राप्त गर्न सक्ने बताएको छ ।
कम्पनीले हाल देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटीएममार्फत नविनतम डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ। कम्पनीलेनयाँ साझेदारीले अझ बढी सन्तुष्टि र सुविधा दिने विश्वास व्यक्त गरेको छ।