आरम्भचौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली चयन
Last updated at 06:19 pm
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् ।
गत सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरूमध्येबाट ज्ञवालीलाई अध्यक्ष चयन गरेको हो ।
कम्पनी सचिव शिवप्रसाद ज्ञवालीका अनुसार गत माघ सम्पन्न कम्पनीको नवौ वार्षिक साधारण सभाले सञ्चालक समिति सदस्यहरुमा विनोद ज्ञवाली,सन्तोष पोखरेल,पुष्पराज ढकाल,गोपाल बस्याल,बिमल आचार्य,तिर्थसागर अर्याललाई चयन गरेको छ ।
साधारण सभा पछि सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा ज्ञवालीलाई चयन गरेको हो ।
यसअघि अध्यक्ष जगतबहादुर पोखरेलले राजनीनामा दिएपछि रिक्त पदमा ज्ञवाली अध्यक्षमा चयन गरिएको थियो।
Visited 1 times, 1 visit(s) today