हिमालयन लघुवित्तको नाफामा सुधार,यस्ता छन् वित्तीय सूचक
Last updated at 05:49 pm
हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासकोअपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिसम्ममा २ करोड ६० लाख नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो नाफा अघिल्लो आवको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा यो ३९५.७३ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्ममा यस्तो मुनाफा ७५ लाख ११ हजार रुपैयाँ मात्र थियो।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यसैगरी, कम्पनीले सो अवधिसम्ममा खुद शुल्क तथा कमिशनमार्फत १८ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेर १ करोड १७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने २९ लाख ६० हजार रुपैयाँले ऋणात्मक छ ।
कम्पनीले १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै कम्पनीको खराब कर्जा अनुपात ३.५९ प्रतिशतबाट बढेर ५।६२ प्रतिशत पुगेको छ । यसैगरी,कम्पनीको रिजर्भ कोषमा १२ करोड रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १६ दशमलव ३० रुपैयाँ पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात(पीई)५७.८६ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२३दशमलव ३७ रुपैयाँ छ।कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ छ ।