सौराहामा नेशनल लाईफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम
Last updated at 08:13 am
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुका लागि “लिडर्स नाईट वीथ भुषण दाहाल”कार्यक्रम आयोजना गरेको छ । चितवन सौराहामा आयोजित कार्यक्रममा
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभागप्रमुख सुशीलप्रताप राणासहित प्रदेश प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुख तथा करिब २२५ जन बरिष्ठ अभिकर्ताहरुको कार्यक्रममा सहभागिता थियो ।
कम्पनीले २०८१ श्रावण महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोटस्थित मौला कालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित बरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताएको छ ।
साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए ।
उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहस बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे ।योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथि दाहालले सम्मानपत्र वितरण गरेका थिए ।