आत्मनिर्भर लघुवित्तको नाफामा गिरावट,यस्तो छ वित्तीय अवस्था
Last updated at 06:35 pm
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कमपनीले उक्त अवधिमा ८४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २८.६८ प्रतिशतले कम हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको देखिन्छ । कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यो चाहिं अघिल्लो आवको सोही अवधिको तुलनामा १५.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै,समीक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा ३१ लाख २६ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीको रिजर्भ कोषमा १८ करोड ८३ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ९१ करोड ४३ लाख निक्षेपत्र संलकन गरेर १ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।कम्पनीको खराब कर्जा अनुपात घटेर १५.०९ प्रतिशत छ । यो अघिल्लो आवमा भने १५.२८ प्रतिशत थियो ।दोश्रो बजारमा हाल कम्पनीको शेयरमूल्य लघुवित्त कम्पनीमध्येमा धेरै छ । गत बिहीबारको कारोबारमा कम्पनीको शेयरमूल्य करिब ५ हजार रुपैयाँ थियो।