सिमेन्टको मूल्य वृद्धि होइन, मूल्य समायोजन मात्र हो : सिमेन्ट उत्पादक
Last updated at 06:20 pm
सिमेन्ट उत्पादन सम्बद्ध व्यवसायीहरुले हालैका दिनमा सिमेन्टको मूल्यमा कार्टेलिङ नगरिएको दाबी गरेका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिकरुले यस्तो बताएका हुन् ।उनीहरुले मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशतमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यताले प्रायः सबै सिमेन्ट उद्योगहरुले ठूलो घाटा व्यहोरिरहेको पनि बताएका छन् ।
उनीहरुले ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जाको किस्ता र ब्याज भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केही महिनादेखि १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक ऊर्जाको व्यवस्था गरी उद्योग सञ्चालन गर्दा उत्पादन लागत अत्यधिक मात्रामा वृद्धि भएको पनि बताएका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुकाअनुसार व्यवसायीले कार्टेलिङ गरेर मूल्यवृद्धि नगरेको बताए । उनले सिमेन्ट उद्योगीहरुले सिमेन्ट मूल्य वृद्धि नभएर समायोजन गरेको बताए । उनले सिजन लागेपछि रेट वृद्धि हुने अभ्यास अनुसार समायोजन गरेको दाबी गरे ।
उनले सिमेन्ट उद्योगीहरु माथि सबैले सिमेन्टको मूल्य वृद्धि कार्टेलिङ गरेर बढाएको आरोप झुटो रहेको बताए ।उनले हरेक उद्योगले आफैं मूल्य तोक्ने गरेको र सिमेन्ट उद्योगीहरुले पनि बैंकर संघ, सुन चाँदी व्यवसायीले जस्तै आफैं मूल्य तोकेको बताए ।
यसैगरी, सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपालेले सिमेन्टको मूल्य वृद्धि हुनुमा कोइलाको मूल्य वृद्धि, लोडसेडिङ लगायत मूख्य कारण रहेको बताए । उनले बाटोका कारण लागत बढेको र चुनढुंगाको ढुवानी लागत बढेकाले पनि मूल्यवृद्धि भएको बताए ।
उनले हरित करका कारण लागत बढ्दा सिमेन्टमा १४० रुपैयाँ बढेको पनि बताए ।