गार्डियन माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट,१ लाख ८४ हजार आवेदकले पाए १० कित्ता
Last updated at 07:17 pm
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बिहान बाँडफाँट गरिएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले बताएको छ।
मागभन्दा १२.५८ गुणा बढी आवेदन परेका कारण धितापत्र निष्कासन नियमावली अनुसार गोलाप्रथामार्फत कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो।