आरएसडिसी लघुवित्तको नाफा र ब्याज आम्दानी घट्यो,यस्ता छन् अन्य वित्तीय सूचक
Last updated at 07:05 pm
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८१/०८२को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ।
कम्पनीले चालू आवको सोही अवधिसम्ममा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले कम हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ७४.९१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.६८ प्रतिशतले घटेको छ।जसले गर्दा खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेकाले कम्पनीको खुद नाफा घट्न पुगेको देखिन्छ।
समीक्षा अवधिमा सम्ममा कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। जसले गर्दा कम्पनीको इम्पेरमेन्ट चार्ज ४१ लाख रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ छ। त्यस्तै उक्त अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१.६१ गुणा छ भने प्रतिशेयर नेटवर्थ १३२ दशमलव २९ रुपैयाँ छ।
यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित छ भने सो अवधिसम्ममा ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ५० करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। कम्पनीको चुक्तापूँजी ९४ करोड ४३ लाख रुपैयाँ छ ।