५८औं वार्षिकोत्सवमा कृषि विकास बैंकद्वारा प्रभातफेरी आयोजना
Last updated at 09:57 am
कृषि विकास बैंकले आफ्नो ५८औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी आयोजना गरेको छ । वित्तीय साक्षरताको लागि जनचेतना जगाउने उद्धेष्यका कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ।
मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथदेखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पुनः रामशाहपथस्थित मुख्य कार्यालय आएर कार्यक्रम समापन भएको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकहरु सहित करिब २०० जनाको सहभागिता थियो।
वार्षिकोत्सवको अवसर पारेर कम्पनीले एडीबीएल कर्पोरेट फुटसल टुर्नामेन्ट- २०८१ समेत संचालन गरेको छ । प्रतियोगितामा विभिन्न बैंक, बीमा, एअरलाइन्स, होटेल, इन्टरनेट सेवा प्रादयक कम्पनीलगायत कर्पोरेट हाउसका खेलाडीको सहभागीता थियो ।
कम्पनीले विसं २०२४ साल माघ ७ गते स्थापना दिवसको स्मरणार्थ मुख्य कार्यालयमा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष कार्यक्रम सम्पन्न गर्ने पनि बताएको छ ।