वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम
Last updated at 06:53 pm
माछापुच्छ्रे क्यापिटलले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
सोही अवसरमा ललितपुरस्थित लिटिल एन्जल्स कलेजमा आयोजित कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षकलाई शेयर बजारको प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा साक्षरता प्रदान गरिएको छ ।
कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी मनाउने बताएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।