विजय लघुवित्तले पायो एफपीओ निष्कासन गर्न स्वीकृति
Last updated at 10:55 am
नेपाल धितोपत्र बोर्डले विजय लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्कासनका लागि अनुमति दिएको छ ।
बोर्डले सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता शेयर निष्कासनका लागि अनुमति दिएको हो । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले एफपीओ निष्कासन गर्नेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रपन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
हाल धितोपत्रको दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार भइरहेको छ । जसअनुसार हाल ७० प्रतिशत शेयर संस्थापक समूहको तथा ३० प्रतिशत सर्वसाधारण समूहको छ ।
कुल ७४ लाख ५० हजार ४०४ कित्ता धितोपत्र बजारमा सूचीकृत छ । हाल बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७८४ रुपैयाँ छ ।
Visited 3 times, 1 visit(s) today
