घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभासमेत आह्वान
Last updated at 08:53 am
घोराही सिमेन्ट इण्डष्ट्रीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
गत मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमल व ५२६३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पाँचौ वार्षिक साधारण सभा पनि बोलाएको छ ।
कम्पनीको उक्त सभा आगामी पुस १४ गते दाङस्थित होटल पौवामा बिहान ९ बजेदेखि शुरु हुनेछ ।सभाले कम्पनीको प्रबन्ध पत्रमा भएको जारी तथा चुक्तापूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
Visited 5 times, 1 visit(s) today
