स्वावलम्बन लघुवित्तको लाभांश घोषणा
Last updated at 10:47 am
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको ५ दशमलव ६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ दशमलव ३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।कम्पनीको चुक्तापूँजी १ अर्ब ६६ करोड रुपैयाँ छ ।
Visited 5 times, 1 visit(s) today
