साना किसान विकास लघुवित्तको लाभांश घोषणा
Last updated at 08:16 am
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।कम्पनीको गत कात्तिक २६ गते बिहान सात बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ३१ करोड रुपैयाँ छ ।
Visited 4 times, 1 visit(s) today
