प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने योजनामा एशियन कंक्रिटो
Last updated at 10:55 am
एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनसहितको प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । गत असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभा नवलपरासीमा रहेको कम्पनीको कार्यालयमा अपरान्ह साढे १२ बजेदेखि शुरु हुनेछ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्ये सम्बन्धित क्षेत्र र समूहलाई समेत शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सो सभाले आईपीओ निष्कासन गरेपछि कम्पनीको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने र आईपीओ निष्कासनका लागि थप कुनै निर्णय वा कार्य गर्नुपरे सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणलगायतका अन्य विविध प्रस्तावहरु समेत पारित गर्नेछ ।