नेपाल ल्यूब आयलको लाभांश घोषणा
Last updated at 10:42 am
नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
जसअनुसार कम्पनीले शेयरधनीलाई बोनस शेयर वितरण गर्नेछ । यसैगरी, बोनस शेयरको कर प्रयोजनार्थ १ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सो बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले अगामी असोज ३१ गते द प्लाजा, पुल्चोक, ललितपुरमा ३४ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ।
यसैगरी, सभाले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९३ रुपैयाँ छ ।
