नर्भिक हस्पिटलले आईपीओ निष्कासन गर्ने, बोलायो साधारणसभा
Last updated at 11:02 am
नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ २९ गते काठमाडौंको थापाथलीस्थित बीएलसी सभाकक्षमा मध्याह्न साढे १२ बजेबाट सभा शुरु हुनेछ।
सभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।
यसैगरी, सभाले गत आर्थिक वर्ष २०८१/०८२को मुनाफाबाट शेयरधनीहरुलाई कुल ४२ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ दशमलव ११ प्रतिशत नगद लाभांश छ ।बोनस शेयर वितरणपछि आवश्यकताअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।
त्यसैगरी, सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।त्यस्तै सभाले सञ्चालकहरुको निर्वाचनसँगै आईपीओ निष्कासन गर्न यसअघि नियुक्त भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति पनि पारित गर्नेछ।