शुभश्री अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन
Last updated at 10:58 am
शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । बोर्डमा उक्त कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत असार २ गते आवेदन दिएको हो ।
कम्पनीले २ अर्ब २ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित मूल्यको २ करोड २ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले पहिलो चरणमा स्थानियत बासिन्दा र सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।
आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल छ ।
Visited 8 times, 1 visit(s) today