धितोपत्र बोर्ड नेतृत्वको नाममा कमिसन : अख्तियारले थाल्यो अनुसन्धान
Last updated at 10:26 am
प्राथमिक शेयर निष्कासनका क्रममा नेपाल धितोपत्र बोर्डको अध्यक्षको नाममा कमिसन मागिएको भन्ने समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन प्रक्रिया अगाडि बढाएको छ ।
जलविद्युत् प्रवर्द्धकहरूले प्राथमिक शेयर निष्कासन (आईपीओ) स्वीकृतिमा धितोपत्र बोर्ड सम्बद्ध विचौलियाहरुले कमिसन मागेको आरोप लगाउँदै आएका थिए ।
अख्तियारको टोलीले बुधबार अपरान्ह ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालयमा पुगेर के कति कम्पनीको प्राथमिक शेयर तथा अन्य शेयर निष्कासनको प्रक्रियामा छन् भनेर सोधखोज गरेको थियो ।
योसँगै केही कागजात समेत अख्तियारको टोलीले लगेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारको टोलीले जलविद्युत् आयोजनाका शेयर निष्कासनका लागि के कति आवेदन परेको छ भन्ने बोर्डका कर्मचारीहरूसँग सोधखोज गरेको थियो ।स्रोतका अनुसार अख्तियारबाट आएको तीन सदस्यीय टोली दिनभर नै बोर्ड कार्यालयमा बसेर विभिन्न फाइलहरू अध्ययन गरेको र साँझ ४ बजे मात्र कार्यालयबाट बाहिरिएको थियो
विगत २२ महिनादेखि धितोपत्र बोर्डले अधिकांश जलविद्युत् आयोजनाको शेयर निष्कासनका लागि अनुमति दिएको छैन।