ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट,१७ लाख ६९८ आवेदकको हात खाली
Last updated at 03:32 pm
औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ मंगलबार बिहान बाँडफाँट भएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।कम्पनीले गत फागुन २७ देखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
बिक्री प्रबन्धकका अनुसार,आवेदन दिनेमध्ये १८ लाख ४८ हजार २९८ योग्य ठहरिएका थिए । तीमध्ये १ लाख ४७ हजार ६००जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी १७ लाख ६९८ आवेदकको हात खाली भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीले १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । विभिन्न एलोपेथिक औषधि उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । चालूआर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी जम्मा ९८ पैसा छ ।
त्यस्तै प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।