नेप्सेको सीईओ बन्न १० जनाको आवेदन
Last updated at 08:20 am
धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सईिओ) नियुक्तिको लागि १० जनाले आवेदन दिएका छन् ।
जसअनुसार उक्त पदक लागि आवेदन दिनेमा इलामका पूर्ण प्रसाद आचार्य, नुवाकोटका बद्री प्याकुरेल, सर्लाहीका नारदकुमार खतिवडा, झापाका युवराज दाहाल, चुडामणी चापागाई, काभ्रेका प्रविण अधिकारी, सिराहका बिमल तिवारी, पाल्पाका कृष्णबहादुर कार्की र हेमन्त बस्याल तथा डडेल्धुराका मुकुन्दराज जोशी छन् ।
अर्थमन्त्रालयले दिएको उक्त पदका लागि आवेदन दिने अन्तिम मिति फागुन २५ गतेसम्म थियो । नेप्सेका निवर्तमान सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्से सीईओ विहीन छ । कार्कीले पनि उक्त पदका लागि पुनः आवेदन दिएका छन् ।पूर्णप्रसाद आचार्य भने सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ हुन्।
खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आइतबारसम्म आवेदन माग गरेको थियो । अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा खोमराज खरेल छन् ।