स्वरोजगार लघुवित्तको एफपीओ आजदेखि निष्कासनमा
Last updated at 05:24 pm
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आज अर्थात् फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।हालैमात्र कम्पनीले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।
कम्पनीले १०० रूपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको हो । कम्पनीको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।कम्पनीको शेयरमा ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त कम्पनीको शेयरमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको उक्त कम्पनीको जारी पूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ छ । यसैगरी, कम्पनीको चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाख ८२ हजार रुपैयाँ कायम हुनेछ । एफपीओपछि कम्पनीमा संस्थापकतर्फ ५२ दशमलव ७२ प्रतिशत र सर्वसाधारणतर्फ ४७ दशमलव २८ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता शेयर मूल्य प्रतिकित्ता १ हजार २७ रुपैयाँ छ ।यो मूल्यलाई आधार मान्दा कम्पनीको एफपीओ पाउने लगानीकर्ताहरु पहिलो दिनमा नै ९हजार २७० रुपैयाँ नाफामा हुने छन्।