नेपाल टेलिकमको डेटा सेन्टर बनाउने ठेक्का चिनियाँ कम्पनी हुवावेलाई
Last updated at 10:13 am
नेपाल टेलिकमको काठमाडौं र भैरहवामा बन्ने डेटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावेले पाएको छ ।
टेलिकमले दुवै ठाउँमा एकै किमिसको डेटा सेन्टरको भौतिक पुर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको छ। अब कम्पनीले छनौट भएका ती कम्पनीलाई एक हप्ताभित्रै सम्झौता गर्न बोलाउने तयारी गरेको छ ।
हुवावेले ४८ करोड ४६ लाख ३८ हजार ७२१ रुपैयाँको डेटा सेन्टरको भौतिक पूर्वाधार बनाउने ठेक्का पाएको हो ।डेटा सेन्टर बनाउनका आवश्यक चाहिने लागि पावर, सेक्युरी, कनेक्टीभिटी लगायतका भौतिक पुर्वाधार हुवावे कम्पनीले सम्झौता गरेको नौ महिनाभित्रै बनाइसक्नु पर्ने छ।
Visited 1 times, 1 visit(s) today