चिनियाँ सामानमा १० % को अतिरिक्त महसुल लगाउने ट्रम्पको योजना
Last updated at 05:44 pm
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फेब्रुअरी १ देखि चीनमा बनेका सामानमा १० प्रतिशतको अतिरिक्त महसुल लगाउने योजना बनाएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यो कदमलाई सही ठहर्याउन उनले चीनले मेक्सिको र क्यानाडा हुँदै फेन्टालिन नामक लागू औषध अमेरिका पठाइरहेको सन्दर्भलाई झिकेका थिए ।
उनले पदभार सम्हालेकै दिनमा मेक्सिको र क्यानाडाबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने चेतावनी पनि दिएका थिए ।
त्यसको भोलिपल्ट चीनलाई यो चेतावनी दिइएको हो । अमेरिकाको नाम उल्लेख नगरीकन चिनियाँ उपप्रधानमन्त्रीले आफ्नो देशले व्यापार तनावमा दुबैलाई लागि जित–जितको अवस्था खोजिरहेको र आयात बढाउन चाहेको भनेका थिए ।
यसका साथै उनले आफ्नो चुनावी अभियानकै क्रममा पनि चीन, मेक्सिको र क्यानाडामाथि अतिरिक्त महसुल लगाउने चेतावनी दिँदै आएका थिए ।