हिमालयन रि इन्स्योरेन्सले कमायो १ अर्ब ३९ करोड नाफा
Last updated at 12:04 pm
हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शनिवार प्रकाशित गरेको छ।
वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको ५ दशमलव ८४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १७ दशमलव ४५ प्रतिशत छ भने कुल आम्दानी १७ दशमलव शून्य ६ प्रतिशतले बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ३० दशमलव ७६ प्रतिशतले बढेको छ भने कुल खर्च १९ दशमलव १२ प्रतिशतले बढेको छ।
यसैगरी, कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ९६ करोड रुपैयाँ सञ्चित छ भने महाविपत्ती कोषमा १९ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङ्गमा ८२ करोड ७६ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७९ पैसा छ। गत असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१ दशमलव ९७ गुणा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा छ।
कम्पनीको चुक्तापूँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ छ । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार रुपैयाँ बराबर छ ।